विराटनगर, कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले आज नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबीको निरीक्षण भ्रमण गर्नु भएको छ ।
निरीक्षण भ्रमणको क्रममा कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै गणमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई दैवि प्रकोपको बिपदमा परेका नागरिकहरुको तत्काल उद्दार गरी जन धनको सुरक्षामा अहम भुमिका निर्वाह गर्न तथा मानव अधिकारको संरक्षण गर्दै विभिन्न किसिमका हुल दंगा, चक्का जाम, घेराउ, धर्ना जस्ता सम्वेदनशील, असामाजिक तथा आपराधिक गतिविधिहरुको नियन्त्रण गर्ने कार्यमा बल प्रयोग गर्दा बल प्रयोगका सिद्धान्तलाई आत्मसात गर्दै स्थितिलाई सामान्य बनाउन निर्देशन दिनु भयो ।

साथै डिआईजी बास्तोलाले दैवि प्रकोपको बिपदमा उद्धार कार्यका लागि गणमा कार्यरत प्रहरी कर्मचारीहरुको उल्लेखनिय भुमिका रहने हुँदा आवश्यक उद्धार सामग्री सहित चौबिसै घण्टा तयारी अवस्थामा रहन समेत निर्देशन दिनु भयो ।
निरीक्षण भ्रमणको क्रममा वहाँले बिशेष सुरक्षा गण दुहबीको परिसरमा बृक्षारोपन (कपुर) समेत गर्नु भएको थियो ।



