Comments Add Comment

Advertisment

SKIP THIS

मेडिकल काउन्सिलको गलत सूचनाले पक्राउ परेका थिए सक्कली डाक्टर

२९ साउन , काठमाडौ । मेडिकल काउन्सिलको गलत सूचनाले नक्कली डाक्टरको अपरेशनमा सक्कली डाक्टर पक्राउ परेको पुष्टि भएको छ ।

मेडिकल काउन्सिलले गलत सूचना दिँदा नक्कली डाक्टरको ठाउँमा सक्कली डाक्टर पक्राउ परेको सीआईबीकी निर्देशक एआईजी किरण बज्रचार्यले बताइन् । ‘हामीले काउन्सिलले दिएको सूचनाका आधारमा पक्राउ परेका हौं तर, उनीहरूले गलत मान्छेको सूचना दिएका रहेछन्,’ एआईजी बज्रचार्यले भनिन् ।

काउन्सिलले यथार्थ बाहिर आएपछि २८ गते सीआईबीलाई पत्र लेखेर ‘भूलबस’ भनेर जवाफ पठाएको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली डाक्टरको अपरेशनमा महात्तरी पिपरा–८का ३२ रञ्जित कुमार यादवलाई असार २५ गते भक्तपुरको लोकन्थलीबाट पक्राउ गरेको थियो । करिब ४ दिन हिरासतमा बसेपछि आइतवार उनी सक्कली डाक्टर भएको पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment