काठमाडौं: नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय नवलपरासी र सुस्ता गाउँपालिकाको सहकार्य र पृथ्वी चन्द्र अस्पताल नवलपरासीको प्राबिधिक सहयोगमा ईलाका प्रहरी कार्यालय सुस्ताको प्राङगणमा “निःशुल्क स्वास्थ्य शिविर” कार्यक्रम सम्पन्न भएको छ ।
उक्त शिविरमा स्त्री रोग, हाडजोर्नी, दान्त रोग तथा सामान्य चिकित्सा सम्बन्धी बिशेषज्ञ डाक्टरहरुद्वारा बहालवाला प्रहरी कर्मचारी तथा सर्वसाधारण समेत गरी जम्मा २४४ जनाले स्वास्थ्य परीक्षण गरी नि:शुल्क औषधि समेत वितरण गरिएको थियो ।

नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवर प्रमुख अतिथी रहेको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती प्रसाद यादव, नेपाल प्रहरी श्रीमती संघका महासचिव श्रीमती अनुश्री पाख्रीन, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख डिआईजी कुबेर कडायत, नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशका अध्यक्ष निलम कडायत, सुस्ता गाउँपालिका अध्यक्ष श्री टक नारायण उपाध्याय, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, सुस्ता गाउँपालिका उपाध्यक्ष श्रीमती गिता चौधरी, लगायत अन्य अधिकारीज्यूहरुको उपस्थिती रहेको थियो ।







