Comments Add Comment

Advertisment

SKIP THIS

पछुतो !!!

पहिला दुश्मन अहिले मित्र चोखो मायाँ लाएको छु,
बोलौँ आज कसरी म घर भत्काएर आएको छु ,
लाजको घुम्टो ओडेर नि खरको छानो छाएको छु,
नबोलौं त यो चुनावले कम्ता दुख पाएको छु !
नबोलौँ त यो चुनावले कम्ता दुख पाएको छु !!

पदको लोभले पराइलाई मित्र ठाने जहिले पनि,
कुकुरले नपाउने दुख पाइ रुमलियाछु अहिले पनि
आफनै घरमा हुंदा बरु घुर्की लाइयाथ्यो पहिले पनि
सत्ता कुर्ची मोह अव कसरी त्यागुं मैले पनि !
सत्ता कुर्ची मोह अव कसरी त्यागुं मैले पनि !!

सय हातको डोरी छोट्याइ एउटै गाँठो पार्छु भन्दा,
घरको जेठो बाठो थिँए , झ्याप्पै सत्ता पाउंछु भन्दा,
घरमा आगो लगाएर खरानी ठूटा बेच्छु भन्दा !
अहिले साह्रै दुख लाग्छ तेरो गाला सेक्छु भन्दा !!
अहिले साह्रै दुख लाग्छ तेरो गाला सेक्छु भन्दा !!

जता हेर्छु उतै देख्छु पार्टी प्रवेसको लहर छ
आफुलाइ र संधैभरी आफ्ना देख्न रहर छ ,
आफ्ना जति इष्टमित्र भाइटल पदमा लाउंदै गर्दा!
यो मन साह्रै पोलेको छ चुनाव नजिक आउदै गर्दा !!

यो मन साह्रै पोलेको छ चुनाव नजिक आउदै गर्दा !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै