Comments Add Comment

Advertisment

SKIP THIS

पौराणिक कालमा सतिदेवीको अँग पतन भई तारकेश्वर महादेव उत्पत्ति : तारकेश्वर नगरपालिका

३ असोज , काठमाडौ ।  पूर्वमा टोखा नगरपालिका, पश्चिममा नार्गाजुन नगरपालिका, उत्तरमा नुवाकोट जिल्ला तथा दक्षिणमा काठमाडौं महानगरपालिकाको सिमानासँग जोडिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७१ मंसिर १६ को निर्णयानुसार यस क्षेत्रका साविकका सांग्ला, काभ्रेस्थली, जितपुरफेदी, गोलढुंगा, धर्मस्थली, फुटुंग र मनमैजु गा.वि.स. समेटेर तारकेश्वर नगरपालिका घोषणा गरिएको हो । तत्कालिन अवस्थामा २१ वटा वडामा विभाजित यो नगरपालिका हाल आएर ११ वटा वडामा समेटिएको छ ।

स्वस्थानी वर्त कथामा उल्लेख भए अनुसार पौराणिक कालमा सतिदेवीको अँग पतन भई तारकेश्वर महादेव उत्पत्ति भई शक्तिपीठको रुपमा रहेको भनाई छ । सोही नामबाट यस नगरपालिकाको नाम तारकेश्वर नगरपालिका रहन गएको हो । यो नगरपालिका प्राकृतिक, धार्मिक साँस्कृतिक तथा भाषिक विविधताले भरिपूर्ण छ ।

साँस्कृतिक शक्तिपीठका रुपमा श्री तारकेश्वर महादेव मन्दिर, पुरानो गुह्येश्व्री मन्दिर, मनमैजु ईन्द्रायणी मन्दिर, भुवनेश्वरी मन्दिर, शान्तिधाम, सिम्लेश्वर महादेव मन्दिर, महांकाल मन्दिर, नारायण देवी, कल्पेश्वर महादेव, नाखलडोल, बैखु, लोलाङ, पांचमाने, फेदी बजार, फुटुङ बजार, कुञ्चिप्वाकल जस्ता क्षेत्रहरु यस नगरपालिका धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा रहेका छन् ।

भौगोलिक अवस्थिति :

१) समुन्द्र सहतदेखिको उचाई : १३४५ मि.

२) क्षेत्रफल : ३५ वर्ग कि.मि.

३) सिमाना : पुर्व : टोखा नगरपालिका

                        पश्चिम : नार्गाजुन नगरपालिका

                        उत्तर : नुवाकोट जिल्ला

                        दक्षिण : काठमाडौं महानगरपालिका वडा नं. १६

४) अवस्थिति :

                        देशान्तर : ८५०१८’११”

                        अक्षांश : २७०२७’१२”

५) राजनैतिक तथा प्रशसनिक विभाजन

                        प्रदेश नं. : ३

                        जिल्ला : काठमाडौं

                        निर्वाचन क्षेत्र नं. ६ र ७ (वडा नं. ३, ४ र ५)

                         वडा संख्या : ११ वटा

                       जम्मा जनसंख्या : ८१,४४३       पुरुषः ४१,३७६       महिलाः ४०,०६७

                        जनघनतव : २३०० प्रति व.मि.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment