Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वर नगरपालिकामा फोटो सहितको मतादाता नामावली संकलन सुरु

९ मंसिर , काठमाडौ । काठमाडौंको तारकेश्वर नगरपालिकामा शुक्रबादेखि फोटो सहितको मतादाता नामावली संकलन सुरु भएको छ।

तारकेश्वर नगरपालिका वडा नम्बर ६ धमस्थलीको ग्राम सेवा मा.वि. मा फोटो सहितको मतादाता नामावली सङकलन केन्द्र रहेको छ। मतदाता नामावली संकलन कार्यक्रम मङ्सिर १७ गते देखि पुस २ गते सम्म चल्ने छ।

साथै तारकेश्वर नगरपालिका भित्र स्थायी ठेगाना भई यस पूर्व मतदाता नामावलीमा नाम समावेश नभएका र छुट भएका मतदाता बन्न योग्य नगरबासीहरुलाई नागरिकता, बसाई सराई र बिबाहीता महिलाको हकमा विवाह दर्ताको सक्कल सहित उपस्थित भई आफ्नो नाम दर्ता गराउनुहुन अधिकृत राजन फुयलले अनुरोध गरेका छन् ।

नामावली सङ्कलन अभियानमा १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकहरूको मतदाता नामावलीको विवरण सङ्कलन कार्य हुनेछ भने निर्वाचन आयोगले तोकेको मितिमा १८ वर्ष पूरा गरेका नागरिकहरूको नाम मतदाता नामावलीमा समावेश गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment