Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वर नगरपालिका ५ अर्यालटारस्थित निःशुल्क स्वास्थ्य शिविर संचालन

७ चैत , काठमाडौ । नेपाल भारत महिला मैत्री समाज र सशस्त्र प्रहरी परिवार महिला संघको संयुक्त आयोजनामा चैत्र ४ गते एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका ५ अर्यालटारस्थित खेलकुद मैदानमा संचालन गरिएको सो स्वास्थ्य शिविरमा २०८ जना महिला र ३८८ जना पुरुष गरी ५९६ जनाको स्वास्थ्य परिक्षण गर्नुकासाथै निःशुल्क रुपमा औषधी वितरण गरिएको थियो ।

नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष समेत रहेकी माननीय सांसद चन्दा चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न स्वास्थ्य शिविरमा स्थानीय सर्वसाधारण, बृद्धबृद्धा, अशक्त र सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारहरुले निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका छन् । त्यसअवसरमा उनले अशक्त तथा अपाङ्गता भएकाहरुको लागि ६ वटा ह्वील चेयर समेत हस्तान्तरण गरेका थिइन् ।

नेपाल एपीएफ अस्पताल बलम्बुका चिकित्सकहरुद्वारा साधारण स्वास्थ्य परिक्षण, नाक कान घाँटी, आँखा, हाडजोर्नी, बाल रोग, स्त्री रोग र अल्ट्रा साउण्ड लगायतको स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।

सो निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल, तारकेश्वर नगरपालिकाकी उप-प्रमुख श्रृजना बुर्लाकोटी, नेपाल भारत महिला मैत्री समाजका तथा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु लगायत स्थानीय भद्रभलादमीहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा माननीय सांसद चन्दा चौधरीले सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याललाई मायाको चिनो प्रदान गरेकि थिइन् थियो भने संघकी अध्यक्ष श्रीमती अर्यालले सो स्वास्थ्य शिविर संचालनमा सहयोग पुर्याउने महानुभावहरुलाई प्रशंसापत्र प्रदान गरेकि थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment