२ फागुन , काठमाडौ । तारकेश्वर नगरपालिका – ३ चोगाउँमा बृहत सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम हुने भएको छ। ‘
हाम्रो संस्कृति हाम्रो सान,पर्यटन प्रबर्धनका लागि ल्होछार’ भन्ने मुल नाराको साथ साथ कार्यक्रम गर्न लागिएको हो । तामाङ समुदायको सांस्कृतिक पर्व २८५९ औं सोनाम ल्होछारको अवसरमा चोगाउँ तामाङ समाजको आयोजनामा यही फागुन ६ गते शनिबारका दिन बृहत सांस्कृतिक कार्यक्रम गर्न लागिएको हो।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनको प्रमुख आतिथ्यतामा सांस्कृतिक कार्यक्रम गर्न लागिएको हो। त्यसैगरी विशेष अतिथीमा नगर उपप्रमुख शृजना बुर्लाकोटी अर्यालको उपस्थिति रहने छ। कार्यक्रममा ख्याति प्राप्त कलाकार साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति समेत रहने छ ।
कलाकारहरु उर्गेन दोङ,रोज मोक्तान, विश्व दोङ, बुद्दि तामाङ, हाँस्य टेलिसिरियल हर्केहल्दार समूह र मेंदुमाया समुहको प्रस्तुति रहने चोगाउँ तामाङ समाजका अध्यक्ष सन्तोष दोङले जानकारी दिए। विभिन्न समुहहरुले पुरानो मौलिक संस्कृति झल्किने नाँच एवम् कलाहरुको प्रदर्शनी गर्ने बताइएको छ।
उक्त कार्यक्रममा विभिन्न जातजाती र ठाउँहरुमा रहेका तामाङ जातीहरुलाई आफुले आफ्नो क्षेत्रबाट गर्न सक्ने सहयोग तथा तारकेश्वर नगरपालिका भित्र छरिएर वसोवास गरिरहेका सम्पुर्ण तामाङ जातीहरुलाई सहभागी भई कार्यक्रमलाई भव्याताका साथ सम्पन्न गर्नको लागि सहयोग गरिदिन समेत अध्यक्ष दोङले अनुरोध गरेका छन ।


