Comments Add Comment

Advertisment

SKIP THIS

माधव नेपालको गृहनगरमा समाजवादी दुबै पदमा विजयी

०४ जेठ , काठमाडौं । माधव कुमार नेपालको गृहनगर रौतहटको सदरमुकाम गौरको मेयर र उपमेयर उनकै पार्टी नेकपा एकीकृत समाजवादीले जितेको छ । निर्वाचन आयोगका अनुसार शम्भु साह मेयरमा विजयी भएका छन्। पूर्व मेयर तथा लोकतान्त्रीक समाजवादी पार्टीका उम्मेदवार अजय गुप्तालाई दोब्बर मतान्तरले पराजित गर्दै साह विजयी भएका हुन्।

साहले ६३८१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी अजय गुप्ताले ३७५५ मत प्राप्त गरेका छन् । यसैगरी उपमेयरमा समाजवादीकै शैलकुमारी साहल ४८०९ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् । उनले काँग्रेसका उम्मेदवारलाई पराजित गरेकी हुन् । ९ वटा वडा रहेको गौर नगरपालिकामा ६ वटा वडामा समाजवादीका अध्यक्ष विजयी भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै