२८ जेठ, काठमाडौ । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ५ स्थित बोहोराटार (धितालचोक) सडकखण्डको निर्माण कार्यमा ढिलासुस्ती देखिएको छ।

सडकमा एम्बुलेन्स जान नसक्ने अवस्था भएपछि तारकेश्वर ५ का युवाहरु मेयर रामेश्वर बोहरा र उपमेयर भवानी डोटेललाई भेटेर ध्यानकर्षण गराएका हुन ।

विगत लामो समयदेखि निर्माणको लागि नगरपालिकासँग स्थानीयले बारम्बार अनुरोध गरेपनि नगरपालिकाले कुनै वास्ता नगरेको स्थानियले आरोप लगाएका छन् ।

स्थानिय युवाहरुले दवाब सिर्जना गरेसँगै नगरप्रमुख बोहोराले दुई दिन भित्र वाटोमा ग्रावेल गर्ने आश्वासन दिएका हरि तिमिल्सिनाले बताए ।