Comments Add Comment

Advertisment

SKIP THIS

आगामी दशैंमा अनमोल केसीको ‘हनी बनी’

९ फागुन, काठमाण्डौं । अभिनेता अनमोल केसी र सलोन बस्नेतको मुख्य भूमिका रहने फिल्म ‘हनी बनी’ आगामी १४ असोजमा रिलिज हुने भएको छ । दिवाकर भट्टराईको निर्देशन रहने फिल्मले आफ्नो सुटिङअगावै दशैंलाई लक्षित गर्दै रिलिज मिति बुक गरेको हो ।

निर्देशक भट्टराईले मार्चबाट फ्लोरमा जाने फिल्मका लागि हाल प्रमुख अभिनेत्रीको छनोट भइरहेको बताए । लन्डनमा छायांकन हुने फिल्मका लागि बाँकी कलाकार चाँडै नै टुंगो लाग्ने उनको भनाइ छ ।

एबी इन्टरनेसनलले गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिटेडसँग सहकार्य गरी निर्माण गर्न लागेको फिल्ममा अजितकुमार थापा, अमित बस्नेत र परी राना निर्माता छन् ।

अंकित गौतम कार्यकारी निर्माता रहने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन हुनेछ । यही टिमले निर्माण गरेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ । सुदर्शन थापा निर्देशित यो फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको प्रमुख भूमिकामा अभिनय रहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै