१४ माघ , काठमाडौँ । शितलहर र चिसोले अति बिपन्न परिवारको दैनिक जीवनयापनमा देखिएको कठिनाईमा सहजता ल्याउनको लागि कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे र जिल्ला प्रहरी कार्यालयका एसपी दान बहादुर कार्की शितलहरलाई छेल्न न्यानो कम्बल विपन्न परिवारको बस्तीमा पुगेका छन् ।

जिल्ला विपद व्यवस्थापन समितीको सहकार्यमा ४ सय थान ब्लाङकेट बोकेर २ सय ४८ जना अती विपन्न परिवारलाई कम्बल बितरण गरिएको छ । माघ महिनामा चिसो बढ्दै गएपछि माघ १२ र १३ गते प्रहरी र प्रशासनका पदाधिकारी न्यानो कम्मल लिएर बस्तिमा पुगेका हुन् । जिल्लाका २९ प्रहरी युनिट मार्फत न्यानो कम्बल अति बिपन्न परिवारलाई न्यानो कम्बल बितरण गरिएको सिडिओले जानकारी दिए ।

कपिलवस्तुमा नगरपालिका २ स्थित तौलेश्वरनाथ महादेवको मन्दिर बाहिरको सार्वजनिक शौचालयमा बाँसखोरकी सोनमती विगत ४ वर्षदेखि गुजारा गर्दै आएकी छन् । ५५ बर्षमा गरिबीका कारण परिवारको साहारा गुमाएकी सोनामतिले सार्वजिनक शौचालय भित्र दैनिकी बिताउँदै आएकी सोनमतीले चिसोमा बस्दा बस्दै यस्तै बस्ने बानि परिसकेको बताउँछिन् ।

कपिलवस्तु नगरपालिका ३ तिलौराकोट स्थित बाटै छेउमा टहरामा दैनिकी बिताई रहेका धादिङका ६० वर्षे चन्द्रे तामाङ केहि बर्षदेखि बाटै छेउको फुसले बारेको टहरोमा जीवन गुजारा चलाउँदै आएका छन् । उनको दैनिक जीवनयापन देखिरहेका कपिलवस्तु वासीले प्रहरी र प्रशासनको यो कामले आम नागरिकको सुरक्षा निकाय र प्रशासन प्रतिको हेराई र प्रशासकको नागरिकलाई हेर्ने दृष्टिकोण समयसँगै बद्लिएको महसुस गरिएको बताउँछन् ।

कपिलवस्तुको विभिन्न क्षेत्रमा दैनिक जाडोले कठ्याङग्रिएका नागरिकलाई प्रहरीले देखिरहेको थियो । तर मानविय सहयोग समेत गर्न नपाएको अवस्थामा प्रहरीले आफ्नो दैनिक ड्युटिका क्रममा देखेका नागरिकलाई आफ्नै सिफारिसमा कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालयमा पुर्याएपछि प्रशासन कार्यालयले खरिद गरि प्रहरीकै हातबाट वितरण गराएको हो ।




