Comments Add Comment

Advertisment

SKIP THIS

बैतडीबाट २ थान भरूवा बन्दुक सहित २ जना पक्राउ

१८ जेठ , काठमाडौं । डिलासैनी गाउँपालिका-४ नुवाकोट भन्ने स्थान २ थान भरूवा बन्दुक सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दोगडाकेदार गाउँपालिका-८ बस्ने ४० वर्षीय हिक्मत बहादुर बिष्ट र डिलासैनी गाउँपालिका-४ नुवाकोट बस्ने २१ वर्षीय राजेन्द्र बहादुर बिष्ट रहेका छन् । प्रहरी चौकी धामीगाँउबाट खटिएको प्रहरीले उनीहरूलाई चौसालको जंगलबाट २ वटा जंगली घोरल मारी ल्याउँदै गरेको अवस्थामा उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

वन कार्यालयसँग समन्वय गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment