Comments Add Comment

Advertisment

SKIP THIS

अमेरिकालाई ‘सबैभन्दा बढी क्षति पुर्‍याउने’ जासुस २० वर्षपछि रिहा

२४ पुष , काठमाडौं । शीतयुद्धको समय निक्कै नाम चलेकी मध्येकी एक जासुस एना मोनटेस २० वर्षपछि अमेरिकी जेलबाट रिहा भएकी छन्। अमेरिकाले क्युबाका लागि जासुसी गर्ने ६५ वर्षीया एना मोटेन्सलाई २० वर्षपछि जेलबाट रिहा गरेको हो ।

एनाका कारण शीत युद्धकालीन समयमा अमेरिकालाई ठूलो क्षति पुगेको थियो । उनले अमेरिकी रक्षा जासुस एजेन्सीमा विश्लेषकका रुपमा कार्यरत रहँदा महत्वपूर्ण सूचनाहरु क्युबामा पठाएकी थिइन् । अमेरिकाका अति गोप्य सूचनाहरु निरन्तर क्युबालाई दिएर क्षति पुर्‍याएको खुलेपछि उनी सन् २००१ मा गिरफ्तार भएकी थिइन् ।

अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशको कार्यकालमा काउन्टर इन्टेलिजेन्सका प्रमुख मिशेल ब्यान क्लीभले सन् २०१२ मा संसदमा बोल्दै मोटेन्सले अमेरिकाबाट गोप्य सूचना पठाउने गरेको र क्युबाले त्यहीअनुसारको रणनीति बनाउने गरेको खुलेको बताएका थिए ।

२५ वर्षको जेल सजाय सुनाइएकी मोटेन्स केही समयअघि नै रिहा भएकी हुन्। मोटेन्स रिहा भए पनि उनी पाँच वर्षसम्म अमेरिकी सुपरिपेक्षणमा रहने छिन्। उनले प्रयोग गर्ने इन्टरनेट अनुगमन हुनेछ भने विदेशीहरुसँग संवाद गर्न पाउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै