Comments Add Comment

Advertisment

SKIP THIS

दुई फरार अभियुक्त पक्राउ

२२ मंसिर काठमाडौ । कैलालीमा ज्यान मार्ने र सवारी ज्यान मुद्दाका फरार २ जनालाई प्रहरी ले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरी टोलीले कैलाली साविकको दोधारा गाविस ७ का ३३ वर्षीय दिपेन्द्र बुढा र सोही ठाउँका ३० वर्षीय मोहन भट्टराईलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दिपेन्द्र २०६४ चैत ८ गते एक व्यक्तिलाई ज्यान मार्ने उद्योग गरी फरार भएका थिए । त्यस्तै मोहनले चलाएको से १ प ६७६३ नम्बरको मोटरसाइकलले एक पैदलयात्रीलाई ठक्कर दिई घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

पक्राउ पछि उनीहरुमाथि प्रहरीले कैलाली जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment