भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले प्रतिबन्धित लागूऔषध र चोरीसम्बन्धी कसुरमा संलग्न दुई जना युवालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
यही जेठ २८ गते चितवन जिल्ला अदालतबाट लागूऔषध कसुरमा म्याद थप भई फरार रहेका भरतपुर–१६ निवासी २९ वर्षीय रुपेश लामालाई भरतपुर–१६, शान्तिचोकबाट बेलुकी ५ बजे डाइजेपाम २० एम्पुल, फेनारगन २० एम्पुुल र नुर्फिन १९ एम्पुल प्रतिबन्धित लागूऔषधसहित नियन्त्रणमा लिई लागूऔषधसम्बन्धी कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
यस्तै, जेठ २२ गते चितवन जिल्ला अदालतबाट चोरीसम्बन्धी कसुरमा म्याद थप भई फरार रहेका भरतपुर–१६ का २० वर्षीय पैते भनिने समीर विकलाई भरतपुर–१६, ब्रह्मपुरबाट दिउँसो २ बजे पक्राउ गरी चोरीसम्बन्धी कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


