Comments Add Comment

Advertisment

SKIP THIS

युवतीमाथि बलात्कारको आरोपमा एमालेनिकट २ जना पक्राउ

१० साउन , काठमाडौं । बलात्कारको आरोपमा अस्पतालका कर्मचारी पक्राउ परेका छन् । विराटनगर अस्पतालमा कार्यरत सुरज सुवेदी र उनका साथी जबरजस्ती करणी अभियोगमा पक्राउ परेका हुन्।

सुवेदीमाथि विराट हेथ कलेजमा नर्सिङ पढिरहेकी १९ वर्षीया युवतीले जबरजस्ती करणीको आरोप लगाएकी हुन्।

खेलकुद क्षेत्रमा समेत सामेल सुवेदी विराटनगर अस्पतालको सुरक्षा विभागमा कार्यरत छन् ।

ती युवतीले सुवेदीसहित एमाले निकट नेपाल खेलकुद महासंघका सचिव विनोद राउतले आफूमाथि पटक–पटक बलात्कार गरेको आरोप लगाएकी छिन्।

पीडितलाई उद्धृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार राउत र सुरज सुवेदीले ती युवतीलाई विराटनगरकै एक होटलमा लगेका थिए। होटलमा उनीहरूले युवतीलाई दवाव दिएर भिडिओ बनाएका थिए। त्यही भिडिओ सार्वजनिक गरिदिने डर देखाएर युवतीलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको छ ।

सुवेदी पनि एमाले निकट नेपाल खेलकुद महासंघका सदस्य हुन् ।

आइतबार युवतीको उजुरीपछि प्रहरीले दुवैजनालाई सोमबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment