Comments Add Comment

Advertisment

SKIP THIS

बराहक्षेत्रबाट लागूऔषधसहित २ जना पक्राउ


५ माघ , काठमाडौँ । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बाट लागूऔषध गाँजा र साइकलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बराहक्षेत्र–३ का २८ वर्षीय नगेन राई र उदयपुरको चौदण्डीगढी नगरपालिका– १ का ३२ वर्षीय नबहाङ किराँती राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको क्यु आर टी टोलीले मंगलबार राति सुरक्षा जाँचको क्रममा निजहरुबाट ६ केजी लागूऔषध गाँजा र २ वटा साइकल नियन्त्रणमा लिएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

लागूऔषधसहित २ जना पक्राउ

२३ ओटा छत कछुवा सहित २ जना पक्राउ

ब्राउनसुगर सहित २ जना पक्राउ