Comments Add Comment

Advertisment

SKIP THIS

मोरङमा दाईको हत्या गरेको आरोपमा आमा र बहिनीलाई पक्राउ

१३ मंसिर काठमाडौ । मोरङको कटहरी गाउँपालिका–५ घर भएका राजेन्द्र उराउको हत्या गरेको आरोपमा प्रहरीले उनकी आमा र बहिनीलाई पक्राउ गरेको छ ।

मृतककी आमा ५५ वर्षीया बातियो उराउ र बहिनी ३० वर्षीया रिता उराउलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

शनिबार साँझ घरायसी विवाद हुँदा आमा र बहिनीले बाँसको लाठीले प्रहार गर्दा गम्भीर घाइते भएका राजेन्द्रको नोवेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो ।

राजेन्द्रले मादक पदार्थ सेवन गरेको विषयमा विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment