१० भदौ , काठमाडौं । “दक्षिण एशिया क्षेत्र (South Asia Region) मा आगामी दिनमा देखापर्न सक्ने सम्भावित आर्थिक संकट र नेपालको वर्तमान आर्थिक अवस्था” बिषयक प्रवचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्नः-

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक राजु अर्यालको आपसी समन्वय एवं समझदारी बमोजिम सुरक्षा सम्बन्धी महत्वपूर्ण एवं समसामयिक बिषयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका नीतिगत तहका प्रहरी अधिकृतहरुलाई संयुक्त रुपमा प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रम राखी संस्थागत सहकार्य प्रवर्धन गर्ने उद्देश्यले निरन्तर रुपमा सञ्चालन गरिने कार्यक्रम अनुसार आज राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा नेपालका अर्थशास्त्री एवं पूर्व राजदुत प्रा.डा. श्री विश्वम्भर प्याकुरेललाई प्रमुख वक्ताको रुपमा आमन्त्रण गरी दक्षिण एशिया क्षेत्र (South Asia Region) मा आगामी दिनमा देखापर्न सक्ने सम्भावित आर्थिक संकट र नेपालको वर्तमान आर्थिक अवस्था विषयमा प्रवचन तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न ।

नेपाल प्रहरी महानिरीक्षक र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत दुबै सुरक्षा निकायका बरिष्ठ प्रहरी अधिकृतज्यूहरुको उपस्थितिमा सञ्चालन भएको यस कार्यक्रबाट प्रहरी अधिकृतहरुलाई समसामायिक अर्थ व्यवस्था सम्बन्धमा अवधारणागत एवं नीतिगत स्पष्टता तथा व्यवसायिक ज्ञान अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमको अन्त्यमा कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्द राज आचार्यले प्रमुख वक्ता नेपालका अर्थसास्त्री एवं पूर्व राजदुत प्रा.डा. विश्वम्भर प्याकुरेल, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षकज लगायत उपस्थित सम्पुर्णमा हार्दिक धन्यवाद् ज्ञापन गर्नुभएको थियो ।






