Comments Add Comment

Advertisment

SKIP THIS

‘आपराधिक विश्वासघात’ गरेको आरोपमा सुभाष भेटवाल पक्राउ

२४ असार , काठमाडौँ । ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा प्रहरीले काठमाडौंको बौद्धस्थित प्लानिङबाट सुभाष भेटवाललाई पक्राउ गरेको छ ।

भेटवाल तेह्रथुमको आठराईका हुन् । २०७८ असोजमा भेटवालले बानेश्वरमा रहेको ‘९९ आना’ नामको घरजग्गा अफिसमा बोलाएर सिन्धुलीका राजकुमार बराललाई जुवा खेल्न आग्रह गरेको र हस्ताक्षर गरेको चेक भरेको आरोप छ । भेटवाल विरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो ।आफुलाई अखाद्य पेय पदार्थ खुवाएर भेटवालले ‘आपराधिक विश्वासघात’ गरेको बरालले बताउँदै आएका छन् ।

प्रहरी प्रधान कार्यालयले घटना छानविन गरेर भेटवालविरुद्ध मुद्दा दर्ता गरेर कानुनी कारवाही गर्न काठमाडौं प्रहरीलाई निर्देशन दिएको थियो ।भेटवाललाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै