Comments Add Comment

Advertisment

SKIP THIS

१ नम्बर प्रदेशले खुल्ला सीमा नाकामा हुने तस्करी र अपराध नियन्त्रणको लागि प्रहरी परिचालन

सिमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी र अपराधजन्य गतिबिधीहरुको रोकथाम तथा नियन्त्रणका लागी १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले तराईका सिमावर्ती क्षेत्रमा लामो दुरीको गस्ति संचालन गरेको छ ।                 

१ नम्बर प्रदेशमा खुल्ला सीमा नाकाको फाइदा उठाउँदै हुने चोरी, तस्करी र अपराध रोकथाम तथा नियन्त्रणको लागि भारतसँग सीमा जोडीएको प्रदेश १ को तीन जिल्लाको सीमावर्ती क्षेत्रमा छुट्टै प्रहरी परिचालन गरी गस्ती सुरू गरिएको हो । पहिलो चरणमा यही श्रावण २० गते देखी २५ गते सम्म छुट्टाछुट्टै टोली बनाई सिमावर्ती क्षेत्रमा परिचालन गरिएको थियो ।       

यस अघी सम्बन्धित प्रहरी कार्यालयहरुले आ-आफ्नो एरियामा गस्ती गर्दे आएता पनी त्यसलाई थप ब्यबस्थित गर्दै सुरक्षाकर्मी बढाएर सिमावर्ती क्षेत्रमा गस्ति बढाईएको हो । यस किसिमको गस्तिले मातहत प्रहरी कार्यालयबाट सिमावर्ती क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीहरुलाई थप हौशला प्रदान हुने र अपराधजन्य गतिबिधीलाई नियन्त्रण गर्न थप टेवा पुग्ने लक्ष्य अनुसार प्रदेश प्रहरी कार्यालय बिराटनगरले गस्ति संचालन गरेको हो । यस किसिमका गस्ति निरन्तर संचालन भईरहने छन् भने लामो दुरीको गस्तिबाट फिर्ता भएको प्रहरी टोलीको प्रतिबेदनको आधारमा अन्य थप कार्यहरु संचालन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै