Comments Add Comment

Advertisment

SKIP THIS

पोर्चुगल पठाउने भन्दै मागेको नागरिकताबाट सिमकार्ड निकालेर ठग्ने एक पक्राउ

१८ असार , काठमाडौं । अर्काको नागरिकताबाट सिम निकालेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

मकवानपुरको हेडौंडा उपमहानगरपालिका-१७ ठेगाना भएका ४१ वर्षीय गोपी बजगाईलाई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

उनले सामाजिक संजाल फेसबुक तथा ह्वाट्सएपमा वैदेशिक रोजगारको लागि पोर्चुगल लैजान ११ लाख रुपैयाँ लाग्छ भन्दै पीडित व्यक्तिहरुको सक्कल राहदानी, नागरिकता, सम्पत्ति विवरण कागज समेत लिई झुक्याई पीडितको नागरिकताबाट अर्को सिमकार्ड निकालेका थिए ।

त्यसपछि बैंक खाता समेतमा पहुँच राखी मोबाइल बैकिङ्ग सेवा बनाई बैंक खातामा रहेको रकम निकाली ठगी गर्ने कार्यमा संलग्न रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धि कसूरमा आवश्यक अनुसन्धान कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको कार्यालयलरे जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै