Comments Add Comment

Advertisment

SKIP THIS

गौतमबुद्ध विमानस्थल : आजदेखि व्यावसायिक विमान सञ्चालनमा

०२ जेठ , काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि व्यावसायिक अन्तर्राष्ट्रिय विमान सञ्चालनमा आएका छन् । यही क्रममा आज बिहान कुवेतबाट आएको जजिरा एयरबेजको जहाज बिहान ७ बजेर ८ मिनेटमा विमानस्थलमा अवतरण गरेको छ ।

नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज पनि बिहान ६ बजेर ५५ मिनेटमा अवतरण गर्‍यो । निगमले व्यावसायिक उडान गर्दा जजिराको जहाज दोहाबाट कुवेत ट्रान्जिट गरी नेपाल आएको पुगेको हो ।

विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीसहित भैरहवा पुगेका छन् । प्रधानमन्त्री देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, पराराष्ट्रमन्त्री नारायण खड्का, भौतिक पूर्वाधारमन्त्री रेनुकुमारी यादव, पर्यटनमन्त्री प्रेमबहादुर आले, शिक्षामन्त्री देवेन्द्र पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मुख्यसचिव शंकर बैरागी आइतबार नै भैरहवा पुगेका थिए ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान भने यही जेठ २९ गते मात्र हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै