Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीमा ७८१ जनाका लागि नयाँ भर्ना खुल्यो

२३ असोज , काठमाडौ । नेपाल प्रहरीमा रिक्त रहेका विभिन्न पदहरुमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न दरखास्त आव्हान गरिएको छ ।

नयाँ भर्नामध्ये प्रहरी सहायक निरीक्षक पदमा ३६७ जना र प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फ रिक्त प्राविधिक प्रहरी जवान पदमा ४१४ जना गरी कूल ७८१ जनाको लागि नयाँ भर्ना लागि दरखास्त आव्हान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक पदका लागि महानगरीय प्रहरी शिक्षालय महाराजगंज र ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल सम्पर्क कार्यालय राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायलमा दरखास्त फारम पाइने र बुझाउन सकिने प्रधान कार्यालयले जनाएको छ ।

त्यस्तै प्राविधिक प्रहरी जवान पदका लागि महानगरीय प्रहरी परिसरहरु काठमाण्डौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु र सबै जिल्ला प्रहरी कार्यालयमा दरखास्त फारम पाइने र बुझाउन सकिने ब्यवस्था मिलाईएको प्रधान कार्यालयले जानकारी दिएको छ ।

नयाँ भर्ना हुन इच्छुक नागरिकहरुले आगामी कात्तिक ३ गतेदेखि मंसिर १२ गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्ने छन् ।

भर्ना सम्बन्धी विस्तृत विवरण सहितको सूचना नेपाल प्रहरीको वेबसाइट  www.nepalpolice.gov.np   मा समेत राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment