जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ -
Comments Add Comment

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

९ असार ,काठमाडौ । काठमाडौं महानगरपालिका-२६ ठमेल क्वाबहालस्थित सिन्धुपाल्चोक बलेफी गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने ५० वर्षीय बुल बहादुर भण्डारीको ब्रिज स्नोकर हाउसमा जुवातास खेलिरहेको अवस्थामा भण्डारी समेत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ५ सय ६० रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment