सरकारलाई चुनौती र अवसर : राष्ट्रिय सहमतिको झल्को -
Comments Add Comment

सरकारलाई चुनौती र अवसर : राष्ट्रिय सहमतिको झल्को

२६ पुष , काठमाडौं । प्रतिनिधि सभाको पहिलो बैठकमा सत्तापक्ष र प्रतिपक्षमा रहेका दलका नेताहरूबीच घोचपेच हुन्छ कि भन्ने धेरैको अनुमान थियो ।

तर सोमबारको बैठकमा ठुलासाना कुनै पनि दलका नेताहरूले नयाँ सरकारको विपक्षमा आवाज उठाएनन् । बरु उनीहरूले जनताका समस्या समाधान गर्न सरकारलाई चुनौती र अवसर दुवै रहेको बताउँदै सजग रहन आग्रह गरे।

सोमबार दिउँसो सवा १ बजे सुरु भएको बैठक पौने ४ बजेतिर सकिएको थियो । तर संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताले आ–आफ्नो धारणा राख्दा नयाँ सरकारविरुद्ध कुनै अभिव्यक्ति दिएनन् । यसबाट मंगलबार प्रधानमन्त्री दाहालले लिने विश्वासको मतको पक्षमा सबै दल देखिन सक्ने आकलन गरिएको छ ।

संसद बैठकमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीले सत्तापक्षको सिटमा बसेका थिए भने कांग्रेस, नेकपा एकीकृत समाजवादी (नेकपा एस), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा), राष्ट्रिय जनमोर्चा (राजमो) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) प्रतिपक्षको सिटमा बसेका थिए । तर संसदमा दलीय धारणा राख्ने क्रममा कुनै पनि दलबाट विरोध नभएपछि राष्ट्रिय सहमतिको सरकार रहेजस्तो भान भएको थियो। यो समाचार आजको नागरिकदैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds