Comments Add Comment

Advertisment

SKIP THIS

जेसिबी दुर्घटनामा चालकको मृत्यु

२७ जेठ , काठमाडौं । गुल्मीमा जेसिबी दुर्घटनामा चालकको मृत्यु भएको छ । ज्यान गुमाउनेमा दाङ घर भइ शान्तिनगर गाउँपालिका-१ खिलतपुर बस्ने करिब ३३ वर्षीय चालक यज्ञ वली रहेका छन् । बिहीबार राति करिब ९ बजेतिर गुल्मीको छत्रकोट-२ पल्लीकोटको रातापानी भन्ने ठाउँमा लु १ क ४७७१ नम्बरको जेसिबी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जेसिबी राति छत्रकोटको रातापानी भन्ने स्थानबाट लुम्छातर्फ आउने क्रममा दुर्घटनामा परेको हो । दुर्घटना राति भएकाले स्थानीयले शुक्रबार बिहान ९ बजेतिर देखेर प्रहरीलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै