Comments Add Comment

Advertisment

SKIP THIS

मार्भलको सिरिजमा फरहान

२५ बैशाख , काठमाडौं । बलिउड कलाकारहरूले अवसर पाउँदा हलिउडमा काम गर्ने गरेका छन् ।

केही समय अगाडि मात्र आलिया भट्टले बलिउड फिल्ममा अभिनय गर्ने खबरकै बीचमा मार्भल स्टुडियो र डिज्ने प्लसको आगामी सिरिज ‘मिस मार्भल’ मा बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तरले अभिनय गर्ने भएका छन् । अरामिसा नाइट, सागर शेख, ऋष शाह, जेनोबिया श्राफ, मोहन कपुर, म्याट लिन्ट्जको समेत अभिनय रहने सिरिज मार्फत मार्भलले नयाँ सुपरहिरोलाई दर्शक समक्ष ल्याउँदै छ ।

मार्भलले आफ्नो सुपरहिरोहरुको फिल्म र सिरिजलाई जोड्ने क्रममा छ । कथा सिरिज र फिल्ममा एकआपसमा जोडिएर अगाडि बढ्नेछन् । मार्भलले सिरिजको प्रतिक्रिया हेरेर ‘मिस मार्भल’ लाई ठुलो पर्दामा ल्याउने योजना समेत बनाइरहेको छ ।

फरहान अगाडि पनि जुरासिक पार्क सिरिजमा इरफान खान, मिसन इम्पोसिबल सिरिजमा अनिल कपूर, फास्ट एण्ड फ्युरियस सिरिजमा फैजल अलि, ट्रिपल एक्स : जेन्डर केजमा दीपिका पादुकोण लगायतले अभिनय गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै