Comments Add Comment

Advertisment

SKIP THIS

नुवाकोटको लिखु गाउँपालिकामा एमाले अध्यक्षमा दुर्गादेवी

११ कार्तिक , काठमाडौ । नुवाकोटको लिखु गाउँपालिकामा नेकपा एमालेले महिलालाई अध्यक्ष बनाएको छ ।

मंगलबार भएको नेकपा एमाले लिखु गाउँपालिकाको अधिवेशनले दुर्गादेवी पुडासैनीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । अध्यक्षमा चारजना प्रत्यासी रहे पनि लामो छलफलपछि पुडासैनीको नाममा सहमति भएको एमालेले जनाएको छ । पुडासैनी नेकपा भएको बेला केपी ओली पक्षमा सक्रिय थिइन् ।

गत स्थानीय निर्वाचनमा एमालेको तर्फबाट उपाध्यक्षमा उम्मेदवार बन्न सिफारिस भएपनि भेगीय सन्तुलन मिलाउँदा पुडासैनीको नाम अन्तिम समयमा काटिएको थियो । नेतृत्व पाएसँगै उक्त गाउँपालिकामा एमालेलाई स्थानीय तहमा निर्वाचित गराउने नेतृत्व ३५ वर्षीया पुडासैनीको काँधमा आइपुगेको छ ।

पुडासैनी विद्यार्थी कालदेखि नै एमालेको राजनीतिमा सक्रिय थिइन । लिखु गाउँपालिका नेकपा एमालेका नेता एवं चीनका लागि निवर्तमान राजदूत महेन्द्र बहादुर पाण्डेको गाउँ हो । तर, गत स्थानीय निर्वाचनमा उक्त गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस विजय भएको थियो । उपाध्यक्षलगायतका अधिकांश पदमा भने एमाले नै विजयी भएको थियो ।

नुवाकोटमा दुई नगरपालिका र दशवटा गाउँपालिका छन् । तर, चारवटा गाउँपालिकामा मात्र एमालेको अधिवेशन भएको छ । अन्यमा तिहार अघि नै अधिवेशन सक्ने एमालेले जनाएको छ । नुवाकोटमा महिला पालिका अध्यक्ष हुने पुडासैनी पहिलो हुन् । देशभर एमालेले पालिका अधिवेशन गरे पनि अधिकांशमा पुरुष अध्यक्ष चयन भएका छन् ।

मंगलबार नै भएको अधिवेशनबाट सूर्यगढी गाउँपालिकाको अध्यक्षमा राजेन्द्र रिजाल निर्विरोध निर्वाचित भएका छन् । यस्तै, ककनी गाउँपालिकाको अध्यक्षमा शेषमान तामाङ (लामा) र तादी गाउँपालिकाको अध्यक्षमा सोभितराज पाठक निर्वाचित भएको एमालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै