काठमाडौँ । काठमाडौँको दरबारमार्गबाट प्रहरीले हुन्डीको ९८ लाख रकम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना पुरुष छन् ।
पक्राउ पर्नेमा रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ७ का मिलन बिक र सोही ठाउँमा समीर सुनार रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख सानुराम भट्टराईले बताए ।
दरबारमार्गस्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा आरोपीहरू पक्राउ परेका हुन् । बुटवल घर भएका उनीहरु सुन कारोबारमा पनि संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।