Comments Add Comment

Advertisment

SKIP THIS

भिसा विना विमानस्थल पुगेको सम्बन्धमा गृह मन्त्रालयले थाल्यो छानविन

१३ फागुन , काठमाडौं । पासपोर्ट र भिसा विना विमानस्थल पुगेको सम्बन्धमा गृह मन्त्रालयले छानविन गर्न थालेको छ । यही फागुन ९ गते त्रिभुवन विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट र भिसा विना एक जना विमानस्थल पुगेका थिए । उक्त घटना विमानस्थलको सुरक्षाका लागि अति संवेदनशिल भएको भन्दै गृहमन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

यससम्बन्धमा छानविन गर्न मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईको संयोजकत्वमा ९ सदस्य छानबिन समिति गठन गरेको छ । समितिले विमानस्थलको सुरक्षा अवस्था, विभिनन् निकायको कार्यविभाजन, कमजोरी र सुधारका उपायहरु सहितको प्रतिवेदन ७ दिनभित्र पेश गर्नुपर्ने मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment