२९ चैत , काठमाडौ । रुपन्देहीमा भर्ना गरिएका म्यादी प्रहरीको तालिम शुरु भएको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहका निर्वाचनका लागि सुरक्षार्थ प्रहरी प्रधान कार्यालय भर्ना छनौट महाशाखाबाट यहि चैत २ गते प्रकाशित विज्ञापन अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट छनौट भई नियुक्त भएका म्यादी प्रहरी कर्मचारीहरूको तालिम शुरु गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० नवरत्न पौडेलको प्रमुख आतिथ्यमा आज तालिमको उद्घाटन गरिएको हो ।






