Comments Add Comment

Advertisment

SKIP THIS

गृहमन्त्री खाण र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

१३ चैत , काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रचण्डलाई भेट्न गृहमन्त्री खाँडा निवास खुमलटार पुगेका थिए ।

उनीहरुबीत भेटघाटमा मुख्यगरी तीन विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार समसामयिक राजनीतिक विषय, स्थानीय निर्वाचन र शान्ति सुरक्षाको वर्तमान अवस्थाबारे कुराकानी भएको थियो ।

सरकारले ३० वैशाखका लागि स्थानीय तह निर्वाचनको मिति निर्धारण गरेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा गृहमन्त्री खाणले सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment