दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ -
Comments Add Comment

Advertisment

SKIP THIS

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

९ असार , काठमाडौ । सल्यानमा दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

सल्यानको बाग्चौर नगरपालिका-७ सुईयाछेरी बस्ने ३५ वर्षीय शेरबहादुर वली बन्दुकसहित पक्राउ परेका हुन् ।

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय थारमारेको टोली वलीको घरमा पुगेर खानतलास गर्दा भान्साकोठामा एक थान लोड गरेको र एक थान खाली गरी दुई थान भरुवा बन्दुक फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानले दुई थान भरुवा बन्दुक र केही खरखजाना समेत बरामद गरेको छ ।

पक्राउ परेको वलीलाई ईलाका प्रहरी कार्यालय थारमारेको हिरासत कक्षमा राखिएको र अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment