Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीले ब्राउनसुगर मोटरसाइकलसहित २ जना पक्राउ

.(सागर थापा)
२३ साउन , काठमाडौ । नेपालगन्ज १५ जमुनाह नाकामा चेकजाँचका क्रममा नेपालगन्ज ११ का २८ बर्षका किरण सुनार र ३४ बर्षका सरोज थारु ५ ग्राम ब्राउनसुगर सहित पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेले जानकारी अनुसार लगाएको दाहिने चप्पलमा प्वाल पारि लुकाएर नेपाल ल्याउन लागेको अबस्थामा ब्राउन सुगर फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय जमुनाह इन्चार्ज पुर्ण बहादुर खत्रीका अनुसार उनिहरुले प्रयोग गरेको भे ८ प ७४३१ नम्बरको एन एस पल्सर मोटरसाइकल समेत बरामद गरेको छ ।

जमुनाह प्रहरी र ब्यूरोको प्रहरी नायब निरीक्षक प्रेम बहादुर अधिकारीको टोलिले लागु औषधसहित उनिहरुलाई पक्राउ गर्न सफल भएको थियो ।
बाँके प्रहरीका अनुसार पक्राउ परेका दुबैजनामाथि थप अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment