Comments Add Comment

एनआरएनएको टोली प्राविधिक समूहसहित निर्वाचन आयोगमा

४ साउन , काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अनलाइन भोटिङ सिस्टम प्रयोग गर्न सकिने बताएका छन्।

गैरआवासीय नेपाली संघका प्रतिनिधिमण्डलसहित गैरआवासीय नेपाली संघका प्राविधिक समूहसँगको भेटमा थपलियाले सर्वोच्च अदालतको परमादेशले विदेशमा बसेका नेपालीले पनि मतदान गर्न पाउनु पर्ने अधिकारको सुनिश्चितता गरेको स्मरण गराए ।

आयोगले हाल विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न र अझै व्यवस्थित बनाउन सुझाव संकलन गरिरहेको पनि बताए ।

एनआरएनएका अध्यक्ष बद्री केसीले एनआरएनए चुनावका लागि बनाएको एप्स निर्वाचन आयोगले पनि प्रयोग गर्न सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै