मन्त्री र राज्यमन्त्रीले दुई वटा रिबन काटेर ल्याब उद्घाटन गरेपछि अहिले उनीहरु विवादित -
Comments Add Comment

मन्त्री र राज्यमन्त्रीले दुई वटा रिबन काटेर ल्याब उद्घाटन गरेपछि अहिले उनीहरु विवादित

६ माघ , काठमाडौ । बिहीबार वीर अस्पतालको कार्डियोलोजी विभागको क्याथ ल्याबको उद्घाटन थियो । उद्घाटन कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी र स्वास्थ्य राज्यमन्त्री डा। तोसिमा कार्की अतिथि बनेर पुगेका थिए ।

वरीयताका हिसाबले स्वास्थ्यमन्त्री राज्यमन्त्रीभन्दा सिनियर हो र उसैले रिबन काटेर ल्याबको उद्घाटन गर्नुपथ्र्यौँ । तर, बिहीबार ल्याब उद्घाटनको रिबन मन्त्री गिरी र स्वास्थ्य राज्यमन्त्री कार्कीले एकैसाथ तल, माथि गरेर रिबन काटेर उद्घाटन गरे ।

एकैपटक मन्त्री र राज्यमन्त्रीले दुई वटा रिबन काटेर ल्याब उद्घाटन गरेपछि अहिले उनीहरु विवादित बनेका छन् । कोठाको द्वारमा राखिएका दुई वटा रिबनलाई दुबै जनाले एकसाथ कैँचीले काटे भने अरुले साइडमा ताली बजाएका थिए ।

उक्त तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अहिले व्यापक टिकाटिप्पणी भइरहेको छ । मन्त्रीहरुलाई कामभन्दा पनि रिबन काट्ने मोह जागेको भन्दै सामाजिक सञ्जालमा उनीहरुको कडा आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment


This will close in 20 seconds