Comments Add Comment

Advertisment

SKIP THIS

प्रदेश १ को नाम ‘लिम्बूवान किरात’ राख्नुको अर्थ छैन- रकम चेम्जोङ

२७ असार , काठमाडौं । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य रकम चेम्जोङले प्रदेश १ को नाम ‘लिम्बूवान किरात’ राख्नुको अर्थ नहुने बताएका छन् ।

पहिचानको आधारमा प्रदेश १ को नामाकरण गर्नुपर्ने र त्यसरी नामाकरण गर्दा प्रदेशको नाम ‘लिम्बूवान किरात’ हुनुपर्ने माग उठिरहेको बेला चेम्जोङले यस्तो बताएका हुन् ।

दृष्टिन्यूजसँगको संवादमा नेता चेम्जोङले भने– ‘प्रदेश १ को भूगोल नै ठीक छैन । जुन भूगोललाई एकै नजरबाट हेरिनु हुन्न । लिम्बूवान किरातले केही समुदायको भावना समेट्ला तर तराई र हिमालका जनताको भावना समेट्न सक्दैन । त्यसैले प्रदेश १ को नाम लिम्बूवान किरात राख्नुको अर्थ छैन ।’

नेता चेम्जोङले प्रदेश १ को भूगोललाई लिम्बूवान, किरात, कोचिला र शेर्पालुङ गरेर चार क्लस्टरमा विभाजन गरेर सम्बोधन गर्नुपर्ने भन्दै अहिलेको अवस्थामा लिम्बूवान किरात भनेर समस्या समाधान नहुने बताएका हुन् ।

अहिलेको अवस्थामा पहिचानको आधारमा प्रदेशको नामाकरण गर्न राजनीतिक दलहरु तयार नरहेको भन्दै नेता चेम्जोङले पहिचान भनेर आन्दोलन गर्नुको अर्थ नहुनेसमेत बताएका छन् ।

उनले भने– ‘अहिले पहिचान भनेर आन्दोलन गर्नुको अर्थ छैन । हामीले आन्दोलन गर्दैमा दलहरु पहिचानको आधारमा प्रदेशलाई नामाकरण गर्न तयार हुन्छन् भन्ने लाग्दैन । यसका लागि नयाँ तरिकाले सोच्नुपर्ने हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै