काठमाडौं: मकवानपुर जिल्लामा कार्यरत एक जना महिला प्रहरी कर्मचारीलाई कदरपत्र र नगद पुरस्कारद्धारा सम्मान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी हवल्दार लालमाया गुरुङले विभागीय नीति निर्देशनको पालना गर्दै व्यवशायिक, लगनशील र कर्तव्यनिष्ठ भई आफ्नो जिम्मेवारी उच्च मनोवलका साथ निर्वाह गरेको हुँदा निजलाई अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नेपाल प्रहरी श्रीमती संघद्वारा बागमती प्रदेश प्रहरी अन्तर्गतबाट उत्कृष्ट प्रहरी घोषणा गरी सम्मान स्वरुप कदर पत्र प्रदान गरिएको थियो ।
सोही कदर पत्र प्रदान गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी सीताराम रिजालले अभिलेखमा जनिने गरी प्रहरी हवल्दार लालमाया गुरुङलाई नगद पुरस्कारद्वारा पुरस्कृत गरी बधाई तथा शुभकामना दिनु भएको छ ।
साथै उक्त कार्यक्रममा उपस्थित अन्य प्रहरी कर्मचारीहरुलाई उच्च मनोवलका साथ लगनशिल भएर काम गर्न र गराउँन समेत एसपीले निर्देशन दिनुभएको थियो ।