राष्ट्रपति र प्रधानमन्त्री बन्ने होडवाजी ! -
Comments Add Comment

राष्ट्रपति र प्रधानमन्त्री बन्ने होडवाजी !

१ पुष , काठमाडौँ । कान्तिपुर लगाएत विभिन्न पत्रपत्रिकामा राष्ट्रपति र प्रधानमन्त्री बन्ने होडवाजीमा दलका नेताहरु तथा निर्वाचनमा जनताद्वारा अनुमोदित नभएका वा बाहिरका ब्यक्तिहरुको पनि चर्चा परिचर्चा निकै भइरहेको पाइन्छ । हुन त, विभिन्न दलका नेताहरु पनि प्रधानमन्त्री र राष्ट्रपति पदका लागि शक्ति केन्द्र धाउन थालेका छन नै । तर अहिले व्यापक चर्चाको पात्र बनेका छन पूर्वप्रधानन्यायाधीश तथा राष्ट्रको कार्यकारी पद सम्हाली सकेका ब्यक्ति ” खिलराज रेग्मी । ” उनी यही राष्ट्रपति पदको लागि बारम्बार बुढानिलकन्ठ र बालुवाटार धाइराखेको चर्चा विभिन्न संचार माध्याममा ब्यापक छाएको छ । राजनीतिमा लागेका कुनैपनि दलका नेताले सो पदको आशा गर्नु अस्वभाविक होइन । तथापी, संबिधानको धारा १३२ को उपधारा २ बमोजिम प्रधानन्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीश भइसकेको ब्यक्ति यस संबिधानमा अन्यथा उल्लेख भएकोमा बाहेक कुनैपनि सरकारी पदमा नियुक्तिको लागि ग्राह्य हुने छैन भनी व्याख्या गरिएकोले पनि उनलाई नियुक्तिको प्रयास गर्ने अहिलेको सरकार र उनी आफै न्यायमूर्तीले के संबिधानको यी धारा उपेक्षित गरेका या नपढेका हुन ? हुन त, नेपालको संबिधानको पालना गर्न राजनीतिक दलहरुलाई त छुट छ भने नेपालको राजनीतिमा अस्थीरता छाएको बेला अन्य पदमा बसेका पदलोलुपहरुलाई धमिलो पानीमा माछा मार्न के को आइतवार ? उता प्रधानमन्त्री बन्ने होडवाजीमा कांग्रेस भित्रै आधा दर्जन ब्यक्तिहरु इच्छुक छन भने गठबन्धनकै सहपाठी दल माओबादी नेता पुष्पकमल दाहाल र नेकपा एसका नेता माधवकुमार नेपालले पनि आशा मारेका छैनन । प्रचन्डलाई भागबन्डामा पहिलै चाहिने तर्क अगाडि सारेका छन भने नेपाललाई छ महिना या आशीर्वाद पाए एक वर्ष प्रधानमन्त्री हुनै पर्ने अडान लिएका छन । अहिले निर्वाचन आयोगले निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेश गरिसकेको छ । पेश भएको ३० दिनभित्र सरकार गठन गरिसक्नुपर्ने संबैधानिक बाध्यता छ । अहिले विभिन्न पदको लागि विभिन्न दलका नेताहरु राष्टृय तथा अन्तर्राष्ट्रिय शक्ति केन्द्र धाउन थालेकाले पनि जनतामा ठूला दलप्रतिको आशा र विश्वास झन खस्किदै गएको छ र निर्वाचनमा मत दिएकोमा पश्चताप पनि गरेका छन । किनकी, यही भागबन्डाको राजनीतिले देश बिकासको आशा त फेरि पनि “आकासको फल आँखा तरी मर” जस्तै हुने भएको छ । जनताद्वारा अनुमोदीत ठूला दलहरु भन्दा नि अन्य साना दलहरुको मूल्य बढ्न थालेको छ । यही कारणले पनि नेपालको राजनीति जहिले पनि अस्थीर अवस्थामा गुजृएको हुन्छ । बिदेशी शक्ति केन्द्रहरु पनि यस्तै अस्थीरता चाहान्छन । तर नेपालका केही राजनीतिक दलहरु र ती दलका नेताहरुमा सत्ता बाहिर बसेर जनताको सेवा र देश बिकासको मार्गचित्र कोरौं भन्ने भावना कहिलै पलाएको पाइएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds