Comments Add Comment

Advertisment

SKIP THIS

कोरोनाले जनता मरेका बेला प्रधानमन्त्री ओली भोट माग्न जान मिल्दैन ; प्रवक्ता शर्मा

१३ जेठ ,काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार चलाउन नसकेपछि कांग्रेसले विकल्प दिन लागेको बताएका छन् ।

झण्डै दुई तिहाइसहित सरकारको नेतृत्व गरेका ओलीले सरकार चलाउन नसकेपछि प्रमुख प्रतिपक्षी दलले विकल्प दिन लागेको उनको भनाइ थियो। साथै प्रवक्ता शर्माले सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकोमा पनि विरोध गरेका छन् ।

‘कोरोनाले जनता मरेर सेतो कात्रोमा भएका बेला प्रधानमन्त्रीले रातो झण्डा लिएर भोट माग्न जान मिल्दैन,’ प्रेस युनियनको ३१ औं स्थापना दिवसमा आज आयोजित भर्चुअल कार्यक्रममा शर्माले भने।

उनले प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्नेमा जोड दिएका छन्। संविधानको धारा ७६ को ५ अनुसार वैकल्पिक सरकार बन्न सक्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरिएकोमा उनले विरोध गरेका छन्। उनले देशमा संकट आइपरेकोले कांग्रेसले निकास दिने पनि बताएका छन् ।

गत शुक्रबार देउवाले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री दाबी गरे पनि सोही दिन सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दै चुनाव घोषणा गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै