Comments Add Comment

मित्रमिलन सहकारी ठगीमा पक्राउ परेका संयोजकलाई ७ लाख धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं– पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा पक्राउ परेका लेखा समितिका संयोजकलाई धरौटी बुझाएर छाड्न अदालतले आदेश दिएको छ।

संस्थाका लेखा समिति संयोजक ५७ वर्षीय सूर्यबहादुर अधिकारी गत पुस २५ गते पक्राउ परेका थिए।

उनलाई अनुसन्धानपछि अदालतमा उपपस्थित गराइएको थियो। जिल्ला अदालत कास्कीका न्यायाधीश वसन्तजंग थापाको इजलासले उनलाई ७ लाख धरौटीमा छाड्न आदेश दिएको हो। अदालतको आदेशपछि उनी रिहा भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै