Comments Add Comment

Advertisment

SKIP THIS

जडिबुटी बोकेको ट्याक्टर प्रहरीको नियन्त्रणमा

१९ मंसिर , काठमाडौँ । जिल्ला प्रहरी कार्यालय जुम्लाले जडिबुटी बोकेर आउँदै गरेको ट्याक्टर नियन्त्रणमा लिएको छ। डोल्पा जिल्लाबाट जुम्लातर्फ आउँदै गरेको भे २ त १४९१ नम्बरको ट्रयाक्टरमा नियन्त्रण लिइएको हो । मंसिर १८ गते बेलुका ७ बजेर ५० मिनेटमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। ट्रयाक्टरमा सुनपाती नामक २० बोरा जडिबुटी रहेको प्रहरीले जनाएको छ ।

गुठीचौर गाउँपालिका– १ अस्थायी प्रहरी पोष्ट चौत्राबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा फेला पारेको हो। जडिबुटीको छुट पुर्जी नभेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी नरेन्द्र चन्दले बताए । आवश्यक कारबाहीका लागि ट्रयाक्टर चालक र जडिबुटी डिभिजन वन कार्यालय जुम्लामा बुझाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै