अहिले अमेरिकी उपमन्त्रीको नेपाल भ्रमण भएको छ । विभिन्न दलका नेताहरुसँगको भेटघाट तीब्र छ ।
उनको भ्रमणको मूख्य उधेश्य संक्रमणकालीन न्याय, अमेरिकी आर्थिक सहयोग र चीन सम्बन्धको विषयलाई लिएर भनिएको भए पनि नेपालमा बदलिएको राजनीतिक कोर्स करेक्सन र कालो बादलमा मडारिएको सत्य तथ्य बिगतका घटनाक्रमलाई केलाएर जसरी हुन्छ नेपालका कम्युनिष्टहरुको दुर्दशा निम्त्याउने खेल हो भनेर पनि चर्चा गरिएको छ । अझ भन्नू पर्दा शेर र उनकी धर्मपत्नीको पासा हो यो भनिएको छ। अनि चीनको रणनीतिलाई उल्टाउने दाउ पनि हुनसक्छ ।
तर प्रचन्डलाई सकाउने रणनीतिमा लागि उनको कांधमा चढेर केपीलाई पनि छिर्के पासो थाप्न प्रयत्न गरेका देउवाको रणनीति फेल खाँदा चकित परेको अमेरिका र भारत अनि केपीको साथ पाउँदा फुरुङ परेका प्रचन्डले अहिले आफ्नो बाटो बिर्सेर बालकोटमा हतारिएर गरेको सम्झौता बिपरित राष्ट्रपतिको चुनावमा राष्टृय सहमति भनेर फेरि बिदेशी र शेरको गोटी बनेका त होइनन रु अहिले सामाजिक संजालमा व्यापक बिरोधको आभास छाएको छ ।
कतै ओलीलाई सकाउने खेलमा लाग्दा आफै सकिने समय त आउने होइन रु पहिला नेकपा बिभाजित बन्यो । अदालतको परमादेशबाट शेरबहादुरले पासा पल्टाए । गठबन्धनको पिरतीको यात्रा लामै हुने संकल्प थियो तर पदीय स्वार्थले भागबन्डा नमिल्दा राजनीति बालकोटमा गएर टुंगियो । हतारमा बिहे गरी फुर्सदमा पछुताउने नेपाली उखानको चरितार्थ फेरि पनि उजागर भएको छ अहिलेको नेपाली राजनीतिक फाँटमा ।
गिरिजाप्रसाद कोइराला र म समान हैसियतका भन्दै २०६४ मै भाषाण गर्नुहुने प्रचण्ड शेरबहादुर देउवाको मुन्सी बनेर बस्नुपर्यो । अघिल्लो निर्वाचनमा एमालेसँग गठबन्धन बनाएर चुनाव लडनुभएका प्रचण्ड यसपटक कांग्रेससँग गठबन्धन बनाउनु भयो । एमालेसँगको सहकार्यभन्दा आधा कम सिट आयो । चुनावपछि देउवाले हैसियतबिहीन दल भनेपछि छटपट्टिएर बालकोट पुग्नुभयो ।
प्रचण्डका बिगतका सवै कुरा बिर्सिएर यसपटक ओलीले प्रधानमन्त्री बनाउनु भएको छ । अव पनि बिगतकै जसरी महाभूल गर्ने हो भन प्रचण्डको राजनीतिक फाँटमा संधै कालो बादल मडारिने छ नै । यी तथ्यहरुलाई प्रचण्डले गम्भीर रुपमा मनन गरी सत्ता गठबन्धन जोगाउन, राजनीतिक स्थायित्व कायम राख्न, सहमतिमा इमान्दार बनी बिदेशीको इशाराबाट मुक्त हुन जरुरी छ । अन्यथा केही महिनाभित्रै नेपालको राजनीतिमा फेरि पनि दुर्दिन सुरु हुने निश्चित छ ।
अमेरिकाले चाहेको पनि यही हो । जो हुन गइरहेको छ । कसले त भन्दा दुख पाइस मंगले आफ्नै ढंगले ! अनि हिड्दै छ पाइला मेट्दै छ । बिगतको ईतिहास दोहोर्याइयो भने यो कम्युनिष्टको इतिहसमा महाभुल हुनेछ ।







