Comments Add Comment

Advertisment

SKIP THIS

‘प्रहरीभित्र सरुवा मापदण्ड सिनियर अफिसरदेखि कार्यालय सहयोगी सम्मको एकैनास बनाउछौ : महानिरीक्षक कुँवर

४ असोज , काठमाडौ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवरले नेपाल प्रहरीबाट प्रवाह हुने सेवामा आचरण र व्यवहार सुधार गर्दै लैजानुपर्ने बताएका छन् ।

उनले नेपाल प्रहरीले गर्ने काम कारबाहीमा राज्यको अनुहार देखिने भएकाले सेवा प्रवाहमा अरूलाई सहज हुने गरी काम गर्नुपर्ने बताए । बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महानिरीक्षक कुवरले प्रहरीभित्र सरुवा मापदण्डअन्तर्गत पहुँचवाला मान्छेले मात्र अवसर पाउने कारणले समस्या आएको उल्लेख गरे ।

उनले भने, ‘प्रहरीभित्र सरुवा मापदण्ड सिनियर अफिसरदेखि कार्यालय सहयोगीसम्मको मापदण्डको त्यही अनुसारको विधिका गएका छौँ । यहाँ त कस्तो रहेछ भने जसको पहुँच छ, त्यो पहुँचवाला मान्छेले मात्र अवसर पाउने कारणले समस्या आएको छ । यो कारणले पनि प्रहरीको मनोबल बढेको छैन । अहिले जो ढोका चार्न सक्दैन, जो शक्तिमा हुँदैन जो पहुँचमा सक्दैन ती व्यक्तिहरूले स्थान नपाएको अवस्था छ । यसको लागि प्रहरीले आफ्नो आचरण र व्यवहार सुधार गर्नुपर्छ ।’

महानिरीक्षक कुँवरले प्रहरीमा सुन्ने सहनशीलता हुनुपर्ने र बेला बखतमा प्रहरीलाई लाग्ने गरेको आरोप प्रत्यारोप सहन सक्नुपर्ने बताए । उनले सबै कुराहरूलाई स्वीकार गरेर जाने सन्दर्भमा पहिले आफू भित्रको समस्या नै समाधान गर्नुपर्ने बताए । महानिरीक्षक कुवरले विशुद्ध व्यावसायिक बन्न सक्यो भने आम नागरिकलाई सेवा प्रवाह गर्न सक्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment