०५ बैशाख , काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–६, जयनेपालचोकमा ट्याक्टरको ठक्करबाट मृत्यु भएका प्रहरी नायब निरीक्षक अर्जुन पौडेलका परिवारलाई जिल्ला प्रहरी कार्यालय चितवनले आर्थिक सहयोग गरेको छ ।

कर्तब्यपालनाको सिलसिलामा खटिएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन दरबन्दी भई सोहि कार्यालयमा कार्यरत पौडेललाई गत फागुन २० गते राति करिब ९ बजे चितवनको महेन्द्रचोकमा ट्रयाक्टरले ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले मृतक पौडेलको परिवारजनहरुसँग ४५ औ.दिनको पुण्य तिथीमा भेटघाट तथा समबेदना प्रकट गरि राहतस्वरुप दुई लाख एकाउन्न हजार सातसय छैसठ्ठी रुपैया आर्थिक सहयोग गरेका छन् ।

उक्त रकम जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जबानहरुले मृतकका परिवारलाई प्रोत्साहन तथा आत्मबल उच्च राख्नका निमित्त जम्मा गरेको रकम मृतक अर्जुन पौडेलको श्रीमतीलाई घरमै पुगेर हस्तान्तरण गरेका थिए ।






