भूकम्प अपडेट: डोटीमा ज्यान गुमाएका सबैको सनाखत -
Comments Add Comment

भूकम्प अपडेट: डोटीमा ज्यान गुमाएका सबैको सनाखत

२३ कात्तिक , काठमाडौ । डोटीमा भूकम्पमा परी ज्यान गुमाउने सबैको सनाखत भएको छ ।

बुधबार बिहान २ बजेर १२ मिनेटमा डोटी केन्द्रविन्दु भएर गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी डोटीको पुर्बिचौकी गाउँपालिका-३ गैरागाउमा ६ जनाको मृत्यु भएको छ । भूकम्पले घर भत्किएर मृत्यु भएका ६ जनाकै सनाखत भएको डोटी प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा डोटी पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा‚ ४० वर्षीय भगवती बोहरा‚ १३ वर्षीया सीता बोहरा‚ ८ वर्षीय हर्क बोहरा‚ १४ वर्षीया धन्सरी बोहरा र १४ वर्षीया तुलछी बोहरा रहेका छन् ।

अन्य ६ जना घाइते भएका छन। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

२ बजेर १२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज (खप्तड बाबाको आश्रम) केन्द्रबिन्दु बनाएर ६।६ रेक्टरको भूकम्प गएको थियो । पश्चिम नेपालका अधिकांश ठाउँमा भूकम्पको धक्का महसुस भएको छ ।

यसअघि मंगलबार राति ९ बजेर ७ मिनेटमा दीपायल केन्द्र विन्दु बनाएर ५.७ रेक्टरको भूकम्प गएको थियो ।

गैरागाउँमा करिब १० घर भत्किएको र पटकपटक पराकम्प गएपछि स्थानीय त्रसित छन् । उनीहरूले चिसोमा खुला आकाशमुनि रात बिताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds