Comments Add Comment

ललितपुरको एकान्तकुना र नख्खु चोक चौबाटो आजदेखि एकतर्फी

१० साउन , काठमाडौं । ललितपुर एकान्तकुना सडक र नख्खु चोक चौबाटो आजबाट एकतर्फी बनाइएको छ । ललितपुर महानगरपालिकाले एक विज्ञप्ति जारी गरी साउन १० गते मंगलबारबाट लागू हुने गरि बिहान ८ बजे देखि साँझ ८ बजेसम्म सडकलाई एकतर्फी बनाइएको जानकारी दिएको छ ।

नख्खु पुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुनातर्फ आउने सवारी साधन र ललितपुरको भनिमण्डल चोकबाट नख्खु चोकतर्फ आउने चार पाङ्ग्रे सवारीसाधन निषेध गरिएको छ।

बढ्दो सवारी चाप र हुनसक्ने सम्भावित दुर्घटना रोक्न यो सडक एकतर्फी बनाइएको महानगरले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै