Comments Add Comment

Advertisment

SKIP THIS

गठ्ठाघर दुर्घटनामा मृत्यु हुने पुरुषका आफन्तले गरे सनाखत

३२ साउन , काठमाडौ । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्तिको शव आफन्तले सनाखत गरेका छन्।

मृत्यु हुने व्यक्ति ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ४ खहरे घर भई काठमाडौंको कपनस्थित सरस्वतीनगर बस्ने ६५ वर्षका उत्तम कोइराला रहेका छन्।

कोइरालाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । काठमाडौंका कपन बस्दै आएका कोइराला सवार बा।४९ प ८९४४ नम्बरको स्कुटरलाई बिहीबार ना।६ ख २१७३ नम्बरको भाडाको ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनालगत्तै बिहीबार प्रहरीले मृतक महिला रहेको बताएको थियो। पछि मृतक भनिएकी महिला नै प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन्।

त्यसपछि थप खोजी गर्दै जाँदा साँझमात्रै प्रहरीले मृत्यु हुनेमा पुरूष रहेको बताएको थियो। गठ्ठाघरको दुर्घटना छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment